आचार्य श्रीनिवासलाई मुद्दा चलाउने तयारी



हाम्रो इकोनोमि

 

 

दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको तयारी भइरहेको छ । त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईँको आव्हानमा हिजो गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए । प्रहरीले सोमबार मात्र दुर्गा प्रसाई समर्थित १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । त्यसअघि बल्खु प्रदर्शनमा पक्राउ परेका ६ जना पनि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...