प्रतिगमनकारीहरू इतिहासको चक्का पछाडि धकेल्न खोज्दैछन् : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जटिलताको बीचमा पनि सरकारले राम्रो काम गरेको दाबी गरेका छन् । माओवादीले पनि सुरू गरेको पार्टीको वेबसाइट उद्घाटन गर्दै उनले गठबन्धनदेखि प्रमुख प्रतिपक्ष दलसँग संवाद गरिराख्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘सरकारले जटिलताको बीचमा पनि, अप्ठेरो अवस्थामा पनि यो माओवादीको मात्रै सरकार होइन । गठबन्धनलाई पनि चित्त बुझाएर अघि बढ्नुपर्छ । फेरि राजनीतिक रुपमा जुन उतारचढाव हुन खोजेको छ, त्यसलाई मिलाउन पनि प्रतिपक्षसँग संवाद गरिराख्नुपर्ने अवस्था छ । त्यो सबै गर्दै पनि विकासलाई गति दिने कोसिस गरिरहेका छौं । देशलाई निरंकुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरुले षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भने, ‘छिमेकी, अन्तर्राष्ट्रिय समुदाय र देशभित्र पनि जनताको पक्षमा राम्रो गरेवापत एकथरी प्रतिक्रियावादीहरु चाहिँ, हामी प्रतिगमनकारी भन्छौं– इतिहासको चक्का पछाडि धकेल्न चाहने, कहाँबाट कहाँ पुगिसक्यो इतिहास फेरि फर्केर निरंकुशता ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...