दुर्गा प्रसाईं समूहको प्रदर्शनमा तोडफोडपछि लाठी चार्ज



हाम्रो इकोनोमि

 

 

दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ । विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रदर्शनस्थलमा विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका छन् । उनले उत्तेजक अभिव्यक्ति दिएर सडक अबरुद्ध पार्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, स्थितिलाई विग्रिन नदिन उनलाई पक्राउ गरिएको हो । प्रसाईंले ७ मंसिरदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा व्यवस्था विरोधी प्रदर्शन गरिरहेका छन् । प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए । ७ मंसिरमै नेकपा एमालेको भातृ संगठन युवा संघले पनि प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...