मधेश सरकारको गति जयनगर-जनकपुर ट्रेनको भन्दा पनि कम : सांसद यादव



 

 

नेकपा एमाले मधेश प्रदेशसभाका संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको गति ‘जयनगर-जनकपुर’ ट्रेनभन्दा पनि सुस्त भएको टिप्पणी गरेका छन् । झण्डे डेढ महिनापछि आज बसेको प्रदेशसभा बैठकमा उनले सरकारमाथि आक्रोश पोखे । उनले भने, ‘एमाले सरकारको बेथिति, अनियमित र बिचोलियाविरुद्ध आवाज उठाएको छ । मुख्यमन्त्री बुलेट ट्रेनको गतिमा सरकार र विकासको काम अगाडी बढ्ने भन्नुभ एको थियो । साँच्चै त्यो गतिको भएन ।

सांसद यादवले संसारमै सबभन्दा कम गतिको ट्रेन जनकपुर-जयनगरको भन्दा पनि प्रदेश सरकारको गति कम भएको अनुभूति भएको बताए । उनले अहिलेको व्यवस्थाविरुद्ध नै आवाज उठ्दा पनि सरकार केहि गर्न/बोल्न नसकेकोमा दुःख व्यक्त गरे । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सबै राजनीतिक दलले भुमिका खेलेको छ, हामीले सबैले योगदान गरेका छौं’, उनले भने, ‘तर व्यवस्थामाथि नै प्रश्न उठेपछि हामी सबैको परीक्षाको घडी आएको छ । उनले अहिलेको व्यवस्थाविरुद्ध केहि पात्रहरु नारा घन्काइरहँदा एमाले प्रतिपक्षमा भएपनि सरकारभन्दा एक कदम अगाडी भएर गम्भीर बनेको बताए । उनले सरकार र सबै राजनीतिक दललाई गम्भीर हुन आग्रह पनि गरे । संघीय लोकतान्त्रिक गणतन्त्र टिकाउन दुई/तीन दिनभित्रै प्रदेशसभामा संकल्प प्रस्ताव ल्याउने र त्यसमा सबै दलका र स्वतन्त्र सांसदहरुलाई एकजुट भएर सहयोग गर्न अपिल गरे ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्