मधेश सरकारको गति जयनगर-जनकपुर ट्रेनको भन्दा पनि कम : सांसद यादव



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले मधेश प्रदेशसभाका संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको गति ‘जयनगर-जनकपुर’ ट्रेनभन्दा पनि सुस्त भएको टिप्पणी गरेका छन् । झण्डे डेढ महिनापछि आज बसेको प्रदेशसभा बैठकमा उनले सरकारमाथि आक्रोश पोखे । उनले भने, ‘एमाले सरकारको बेथिति, अनियमित र बिचोलियाविरुद्ध आवाज उठाएको छ । मुख्यमन्त्री बुलेट ट्रेनको गतिमा सरकार र विकासको काम अगाडी बढ्ने भन्नुभ एको थियो । साँच्चै त्यो गतिको भएन ।

सांसद यादवले संसारमै सबभन्दा कम गतिको ट्रेन जनकपुर-जयनगरको भन्दा पनि प्रदेश सरकारको गति कम भएको अनुभूति भएको बताए । उनले अहिलेको व्यवस्थाविरुद्ध नै आवाज उठ्दा पनि सरकार केहि गर्न/बोल्न नसकेकोमा दुःख व्यक्त गरे । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सबै राजनीतिक दलले भुमिका खेलेको छ, हामीले सबैले योगदान गरेका छौं’, उनले भने, ‘तर व्यवस्थामाथि नै प्रश्न उठेपछि हामी सबैको परीक्षाको घडी आएको छ । उनले अहिलेको व्यवस्थाविरुद्ध केहि पात्रहरु नारा घन्काइरहँदा एमाले प्रतिपक्षमा भएपनि सरकारभन्दा एक कदम अगाडी भएर गम्भीर बनेको बताए । उनले सरकार र सबै राजनीतिक दललाई गम्भीर हुन आग्रह पनि गरे । संघीय लोकतान्त्रिक गणतन्त्र टिकाउन दुई/तीन दिनभित्रै प्रदेशसभामा संकल्प प्रस्ताव ल्याउने र त्यसमा सबै दलका र स्वतन्त्र सांसदहरुलाई एकजुट भएर सहयोग गर्न अपिल गरे ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...