दुर्गा प्रसाईँको आन्दोलनमा सहभागी आचार्य श्रीनिवास पक्राउ



हाम्रो इकोनोमि

 

 

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गत आज गौशालामा भएको आन्दोलनको क्रममा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईँको आव्हानमा आज गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए । गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । आन्दोलनकारी तितरबितर भएका छन् । अहिले त्यहाँको माहौल शान्त छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...