दुर्गा प्रसाईँको आन्दोलनमा सहभागी आचार्य श्रीनिवास पक्राउ



हाम्रो इकोनोमि

 

 

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गत आज गौशालामा भएको आन्दोलनको क्रममा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईँको आव्हानमा आज गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए । गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । आन्दोलनकारी तितरबितर भएका छन् । अहिले त्यहाँको माहौल शान्त छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...