विकास र समृद्धिका लागि पदयात्रा : राजेन्द्र गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विकास र समृद्धिको लागि एमालेले पदयात्रा गर्न लागेको जानकारी दिएका छन् । कैलालीको धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले झुलाघाट देखी चिवाभञ्ज्याङ सम्मको पदयात्राले मुलुकमा समृद्धिको थप आधार तय हुने विश्वास व्यक्त गरे । आगामी १४ गते बैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्माले उक्त पदयात्राको उद्घाटन गर्ने छन् ।

तीन सातासम्म जारी रहने पदयात्राका क्रममा मध्य पहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया गरिने उनले जानकारी दिए । पहाडको विकास नभई देशको विकास सम्भव नभएको भन्दै यस क्षेत्रको विकास गर्न जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय बस्तुमा गहन छलफल गरिने गौतमले बताए ।राष्ट्रिय अभियान हो । १० वटा नयाँ सहरले पहाडी क्षेत्रको समृद्धि तय गर्ने छ’ उनले भने, ’यो अभियानमा हामी युवा विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, उद्योगी व्यवसायी, किसानहरूसँग गर्छौ र समृद्धिका अन्य पाटाहरू पनि पहिचान गर्छौ ।‘

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प र त्यसले पारेको प्रभावका विषयमा पनि कर्णाली प्रदेशमा बहस हुने उनले बताए । चौरजहारीमा भूकम्पले त्यहाँ पारेको प्रभाव, उद्धार, राहत , पुनर्निर्माणको विषयमा अन्तरक्रिया गर्छौ । जनताको पक्षबाट सरकारको ध्यानाकर्षण गराउँछौँ ’पत्रकार सम्मेलनमा गौतमले जानकारी दिए । अभियानले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो हुने र आर्थिक पुनर्निर्माणका लागि सम्भावना बढ्ने गौतमले बताए ।अभियानको पूर्व सन्ध्यामा प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीको बैठक दार्चुलामा राखेको छ । १२ र १३ गते हुने बैठकमा देशभरिका प्रेस चौतारीका नेता कार्यकर्ता उपस्थित भएको भन्दै गौतमले उक्त बैठकले पनि पनि झुलाघाट -चिवाभञ्ज्याङ पदयात्राको महत्त्व बढाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...