ऋण तिर्न सकिन भने बैंकले मेरो धितो लैजान्छ, अरुलाई किन चिन्ता : दुर्गा प्रसाई



 

 

राजावादी अभियन्ता दुर्गा प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजनीतिक दलहरुलाई चुनौती दिएका छन् । उनले यो व्यवस्था परिवर्तन गरेर छोड्ने अठोट समेत व्यक्त गरे । आज आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईं मुलधारका राजनीतिक दल, खासगरि एमालेमाथि खनिएका थिए । हिजो एउटा पार्टी प्यालेसबाट महिलाहरुलाई लखेटिएको देखि पुरानो राष्ट्रिय गान गाएको विषयमा आफूविरुद्ध प्रहरीमा जाहेरी दिइएको घटनासम्ममा उनले एमालेमाथि रोष पोखेका थिए । महिलामाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न उनले माग गरे । महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन ? मानवअधिकारवादी के हेरेर बसेका छन् ? महिलावादी के हेरेर बसेका छन् ? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् ?’ प्रसाईंले प्रश्न गरे । राष्ट्रिय गानको प्रसंगमा उनले आफू गलत नभएको बताए ।

‘मलाई केही नपाएर राष्ट्रिय गानको विषयमा मुद्दा हालेछन् । लाहानमा मलाई बोलाएर मुख्य अतिथि बनाए । श्रीमान गम्भीर नेपाली गाए । मेरो के गल्ति ? बज्यो धुन । आयोजक कमिटीलाई मुद्दा हाल्नु नि । त्यो राष्ट्रिय गान हिजो उनीहरुले नै सुनेर आएको होइन ? प्रचण्डले स्कुलमा गाएको होइन ? अहिले छिछि र दुरदुर गर्नुपर्छ ? गणतन्त्रमा अधिकार पनि त होला नि’, उनले भने । प्रसाईंले आफ्नो लडाईंलाई जीवनमरणको संघर्षका रुपमा व्याख्या गरे । उनले भने, ‘यो लडाईं जित्यौं, हामी बाँच्यौं, यो लडाईं हार्यौं हामी मर्यौं । म कि जेल जान्छु, कि मर्छु भनेर काठमाडौं आएको हो ।’ प्रसाईले अहिल्यै मध्यावधि चुनाव गर्न पनि चुनौती दिए ।

‘ल एउटा काम गरौं न । अहिले मध्यावधि चुनाव गराउँ । कार्यकारीप्रधानमन्त्री जनताले चुनेको बनाउँ । राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा जनमतसंग्रह गराउने दम छ यिनीहरुसँग ? गराएर देखाउ । यिनीहरुको एक भोट आउँदा मेरो ९९ सय भोट आउँछ’, प्रसाईंले भने । आफ्नो व्यक्तिगत ऋणका विषयमा भइरहेका चर्चामाथि पनि उनले टिप्पणी गरेका थिए । आफूसँग ऋण थाम्ने धितो बैंकमा रहेकाले ऋण तिर्न नसके बैंकले धितो लैजाने उनले बताए । ‘बैंकमा धितो राखेर ऋण लिएको हो । ऋण तिर्न नसके बैंकले लैजान्छ । अरुलाई केको चिन्ता ?’, प्रसाईंले भने ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्