ऋण तिर्न सकिन भने बैंकले मेरो धितो लैजान्छ, अरुलाई किन चिन्ता : दुर्गा प्रसाई



हाम्रो इकोनोमि

 

 

राजावादी अभियन्ता दुर्गा प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजनीतिक दलहरुलाई चुनौती दिएका छन् । उनले यो व्यवस्था परिवर्तन गरेर छोड्ने अठोट समेत व्यक्त गरे । आज आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईं मुलधारका राजनीतिक दल, खासगरि एमालेमाथि खनिएका थिए । हिजो एउटा पार्टी प्यालेसबाट महिलाहरुलाई लखेटिएको देखि पुरानो राष्ट्रिय गान गाएको विषयमा आफूविरुद्ध प्रहरीमा जाहेरी दिइएको घटनासम्ममा उनले एमालेमाथि रोष पोखेका थिए । महिलामाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न उनले माग गरे । महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन ? मानवअधिकारवादी के हेरेर बसेका छन् ? महिलावादी के हेरेर बसेका छन् ? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् ?’ प्रसाईंले प्रश्न गरे । राष्ट्रिय गानको प्रसंगमा उनले आफू गलत नभएको बताए ।

‘मलाई केही नपाएर राष्ट्रिय गानको विषयमा मुद्दा हालेछन् । लाहानमा मलाई बोलाएर मुख्य अतिथि बनाए । श्रीमान गम्भीर नेपाली गाए । मेरो के गल्ति ? बज्यो धुन । आयोजक कमिटीलाई मुद्दा हाल्नु नि । त्यो राष्ट्रिय गान हिजो उनीहरुले नै सुनेर आएको होइन ? प्रचण्डले स्कुलमा गाएको होइन ? अहिले छिछि र दुरदुर गर्नुपर्छ ? गणतन्त्रमा अधिकार पनि त होला नि’, उनले भने । प्रसाईंले आफ्नो लडाईंलाई जीवनमरणको संघर्षका रुपमा व्याख्या गरे । उनले भने, ‘यो लडाईं जित्यौं, हामी बाँच्यौं, यो लडाईं हार्यौं हामी मर्यौं । म कि जेल जान्छु, कि मर्छु भनेर काठमाडौं आएको हो ।’ प्रसाईले अहिल्यै मध्यावधि चुनाव गर्न पनि चुनौती दिए ।

‘ल एउटा काम गरौं न । अहिले मध्यावधि चुनाव गराउँ । कार्यकारीप्रधानमन्त्री जनताले चुनेको बनाउँ । राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा जनमतसंग्रह गराउने दम छ यिनीहरुसँग ? गराएर देखाउ । यिनीहरुको एक भोट आउँदा मेरो ९९ सय भोट आउँछ’, प्रसाईंले भने । आफ्नो व्यक्तिगत ऋणका विषयमा भइरहेका चर्चामाथि पनि उनले टिप्पणी गरेका थिए । आफूसँग ऋण थाम्ने धितो बैंकमा रहेकाले ऋण तिर्न नसके बैंकले धितो लैजाने उनले बताए । ‘बैंकमा धितो राखेर ऋण लिएको हो । ऋण तिर्न नसके बैंकले लैजान्छ । अरुलाई केको चिन्ता ?’, प्रसाईंले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ : महासचिव पोखरेल

     नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन...

ठेकेदारले काम नगरे खुट्टा भाँच्दिनू : मन्त्री लम्साल

    भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाँच्न ठाडो...

फाइल खोल्ने धम्की कसलाई दिएको : पद्मा आर्याल

     नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...