दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार



 

 

दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुमाथि आफूलाई युवा संघका कार्यकर्ता बताउने केही व्यक्तिले दुर्व्यवहार गरेका छन् । सुतिरेहका महिलाहरुलाई ओछ्यानबाटै उठाएर लखेटिएको भिडियो सार्वजनिक भएको छ । हिजो मध्यरात सो घटना भएको हो । इटहरीबाट आएका दुई दर्जन जति महिलाहरुलाई लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा बस्ने व्यवस्था मिलाइएको थियो । राति ११ बजेतिर ८,१० जनाको एउटा समूह सो पार्टी प्यालेसमा घुसपैठ गरेर सुतिरहेका महिलाहरुलाई उठाएको थियो । ‘हेल्लो दिदीहरु, ७ गतेको कार्यक्रममा आउनुभएको हो, भिडिओमा बोल्दै एकजना भन्छन् ।

महिलाहरु हतारिएर लुगा लगाउन थाल्छन् । तर, उनीहरुलाई तुरुन्तै निस्किन आदेश दिइन्छ । एक महिलाले ‘लुगा लगाउन दिनु न हामीलाई’ भनेको सुनिन्छ । ‘तपाईंहरु ७ गतेको आन्दोलनमा आउनुभएको रहेछ, उठिहाल्छु त, छिटो गर्नु,’ ती व्यक्तिले आदेश दिन्छन् । पछाडि अरु व्यक्तिले लुगा लगाउन दिउँ भनेको पनि सुनिन्छ । दुर्व्यवहारपछि महिलाहरु आफ्ना पोका पन्तरासहित मध्यरातमा बाहिर निस्किएका थिए । उनीहरुलाई लखेटेपछि ‘दुर्गे प्रसाईं पागललाई फोन गर्नु त युवा संघले लघार्यो भनेर ।’ भन्दै बोलेको सुनिन्छ । सो घटनाबारे प्रहरीको १०० नम्बरमा फोन गएको थियो । भक्तपुर प्रहरीले फोन आएपछि घटनास्थलतर्फ तत्काल टोली पठाइएको गएको बताएको छ । हामी जाँदा त्यहाँ महिलाहरु थिए, तर दुर्व्यवहार गर्नेहरु थिएनन्,’ भक्तपुर प्रहरी प्रवक्ता वसन्त पाठकले भने । उनले लखेटिएका महिलाहरुलाई फेरि त्यही सुत्ने व्यवस्था मिलाएको दावी गरे । दुर्गा प्रसाईं निकटस्थहरुले भने महिलाहरुलाई मध्यरात लखेटेर सडकमा ल्याइएपछि आफूहरुले उद्धार गरेको बताए । दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंका अनुसार महिलाहरु लखेटिएको सूचना आएपछि तत्कालै गाडी पठाएर उनीहरुको उद्धार गरिएको थियो । उनीहरुलाई पशुपति धर्मशालामा लगेर राखिएको उनले जानकारी दिए ।

घटनामा संलग्नहरुलाई कारबाही गर्न उनको माग छ । प्रहरी प्रवक्ता पाठकले घटनामा ७, ८ जना संलग्न रहेको जानकारी आए पनि उनीहरुको पहिचान नभएको बताए । युवा संघका कार्यकर्ता भएको सुनिएको छ, तर पहिचान भएको छैन । अहिलेसम्म कसैलाई पक्राउ पनि गरिएको छैन,’ पाठकले भने । युवा संघ अध्यक्ष क्षितिज थेवेले घटनामा संगठनको संलग्नता नरहेको दाबी गरेका छन् । उनले, ‘युवा संघले संस्थागत रूपमा त्यस्तो अमानवीय काम गर्दैन र गर्ने निर्देशन पनि छैन । कतै कसैले व्यक्तिगतरुपमा गरेको हो वा स्थानीयले गरेका हुन् यसबारे पनि हामीले बुझ्न खोजिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्