जसपाका पूर्व सांसदसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्दै



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि वीरगन्जमा भव्य तयारी भएको छ ।छठको मैजारोसँगै आज आफू पर्साबासीलाई भेट्न वीरगन्ज आउन लागेको भन्दै ओलीले बिहानै सामाजिक सञ्जालमा घण्टाघरको झिलिमिली फोटो राखेका थिए । जनता समाजवादी पार्टीका पूर्व सांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउन ओली वीरगन्ज आउँदैछन् ।

रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित भएका थिए । ओलीको स्वागतका लागि वीरगन्जमा झण्डा ब्यानरसहित स्वागतद्वारहरु समेत बनाइएका छन् । पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करिब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभामा एमालेले बलियो उपस्थिति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...