एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य गोपाल बम



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम नेकपा एमालेमै फर्किनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पूर्वसांसद बम आज एमालेमै फर्किनु भएको हो । २०७४ सालको निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका बम एमाले विभाजनताका माधव नेपालको पक्षमा लाग्नुभएको थियो । एमाले विभाजनमा सनाखत गर्ने माधव नेपाल पक्षका २३ सांसदमध्ये बम पनि एक हुनुहुन्थ्यो । माधव नेपालको भ्रममा परेर आफूले त्यो गल्ती गरेको बमको भनाई छ ।

नेकपा एकीकृत समाजवादी भन्ने पार्टीको औचित्य छैन भन्ने जनताले प्रष्ट पारिसके, माधव नेपाल र केही मानिसको ब्यवसाय चलाउन त्या पार्टीमा रहिरहने कुरा उचित लागेन । त्यसैले आफ्नो पुरानो घर फर्किएँ,’ प्रवेशपछि पूर्वसांस्द बमले भन्नुभयो । बमले आफूसहित कार्यकर्ता प्रवेशका लागि कर्णालीमा चाँडै अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम राखिने बताउनु भएको छ । बम एमालेमै फर्किएसँगै मुगुमा नेकपा एकीकृत समाजवादीको अवस्था दयनीय बनेको छ । बमको एमाले फिर्ताले माधव नेपाललाई ठूलो झडकासमेत लागेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...