टिकटक बन्दको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

टिकटक बन्द गर्ने सरकारको निर्णयबिरुद्ध युवाहरुको एक समूहले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेका छन् । जनताको बोल्ने अधिकार सुनिश्चित गर भन्दै उनीहरुले टिकटक प्रतिबन्धविरुद्ध काठमााडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले सरकार हिजो बन्दुकसँग नडराउने आज टिकटकसँग, टिकटक बन्द हैन भ्रष्टाचार बन्द गर, गरिखाने मर्दैछ सरकार, टिकटक हैन जाजरकोटलाई ध्यान दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले टिकटक बन्द नभई सरकारले आवश्यक नियमन गर्नुपर्नेमा जोड दिएका थिए । सरकारले टिकटक बन्द गरेपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ भने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढि रिट दर्ता भएको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार भने हेर्न नभ्याइने सूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...