रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २१ घाइते



हाम्रो इकोनोमि

 

 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीज्युलामा बोलेर जीप दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । सोमबार बिहान रुकुम चौरजहारीबाट सदरमुकाम खलंगा आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ भने ८ जनाको अवस्था मध्यम र १० जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । घाइतेहरूको मिसन हस्पिटल चौरजहारीमा उपचार भइरहेको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...