भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन कर्णाली लागे एमालेका ११ सय स्वयंसेवक



हाम्रो इकोनोमि

 

 

भूकम्प प्रभावितहरूको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न नेकपा एमालेको स्वयंसेवक टोली काठमाडौंबाट कर्णालीतर्फ लागेको छ । कात्तिक १७ को जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घरबारविहीन नागरिकको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न आइतबार पार्टीको स्वयंसेवक दस्ता त्यसतर्फ प्रस्थान गरेको हो । केन्द्रीय सदस्य किरण पौडेल संयोजक रहेको टोलीलाई शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले निर्माण सामग्री हस्तान्तरण गरी बिदाई गरेका थिए । भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्णरूपमा क्षतिग्रस्त छन् । ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ । एमालेको स्वयंसेवक टोलीमा सबै प्रदेश र जनवर्गीय संगठनका गरी ११ सय जना छन् । एक टोलीमा २५ जना रहने गरी ४० अलग(अलग टोली निर्माण गरी फरक पालिकामा खटिने एमालेले जनाएको छ ।

४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पिडितहरुको पुनःस्थापना र घर टहरा पुननिर्माणमा सहयोग गर्ने पौडेलले बताए । टोलीले दुई साता काम गर्नेछ । पुनःस्थापना र पुननिर्माण नसकिए आवश्यकताअनुसार समय बढाएर सहयोग गर्ने पौडेलले जानकारी दिए । टोलीले बढी प्रभावित क्षेत्रमा पुगेर भग्नावशेष हटाउने र आवश्यकता अनुसार घर टहरा निर्माण गर्नेछ । त्रिपालमुनि बसिरहेका पीडितको पुनःस्थापनामा केन्द्रित भई भग्नावशेष व्यवस्थापनसहितको पुनस्निर्माण अभियान सुरू गरिने संयोजक पौडेलले बताए ।

 

कहाँबाट कति स्वयंसेवक ?

– लुम्बिनी प्रदेश : २०० जना
– कर्णाली प्रदेश : १५० जना
– सम्पर्क : १०० जना
– सूदूरपश्चिम प्रदेश : ५०
– बागमती प्रदेश : ५०
– गण्डकी प्रदेश : ५०
– विशेष प्रदेश : ५०
– कोशी प्रदेश : ५०
– मधेस प्रदेश : ५०

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...