सामन्तीलाई जनताले अधिकार पाएको पचेको छैन : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने दोहोर्‍याएका छन् । शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताए ।नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गले अधिकार पाएका छन् । केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन । उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्’, प्रधानमन्त्रीले भने, ‘बिहानमात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ । देशको सुरक्षा अवस्था सामान्य छ । १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं । त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं ।

उनले माओवादी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको जिकिर गरे । भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न । सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन् । त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाऊँ’, उनले भने । आफू प्रधानमन्त्री भएको बेला अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोमा अहिले सुधार आएको उनको भनाइ छ । ‘अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ । तर, दबाबमुक्त भइसकेको छैन । मंसीर ४ गते मैले अर्थतन्त्र सुधार्न वृहत बैठक बोलाएको छु । त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ । उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइँनेछ’, प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा नेकपा एमाले नेकपा एमाले आबुखैरेनी गाउँ कमिटी उपाध्यक्ष सम्झना विक, वडा अध्यक्ष बद्री भट्टराई, गाउँ कमिटी सदस्य नारायणी अधिकारी, वडा सदस्य उपेन्द्र चापागाईंलगायतका कार्यकर्तालाई प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...