काठमाडौं उपत्यकामा १ करोड भन्दा बढीको धनमाल चोरी



हाम्रो इकोनोमि

 

 

दसैँपछिमात्रै काठमाडौं उपत्यकामा एक करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार कात्तिक ११ गतेदेखि कात्तिक ३० गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न ३७ स्थानबाट गरेर एक करोड तीन लाख ६६ हजार १९५ बरारबरको धनमाल चोरी भएको हो ।

जसमा काठमाण्डौंका २५ स्थानबाट २७ लाख ७ हजार ४४५, ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० र भक्तपुरका सात स्थानबाट सबैभन्दा बढी ५० लाख ५६ हजार बराबरको धनमाल चोरी भएको कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार चोरीमा संलग्न १० जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...