नेकपा एस महोत्तरीका अध्यक्ष यादवसहित दर्जनौँ नेता एमालेमा फर्किए



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवसहितका दर्जनौँ नेताहरू नेकपा एमालेमा फर्केका छन् । महोत्तरीको रामगोपालपुरमा मंगलवार एमाले क्षेत्रीय समन्वय समितिले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बलिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यादवसहितका नेता कार्यकर्तालाई पार्टीमा फर्काए । उनले यादवलाई फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।

यादवसँगै नेकपा एसका जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरू पनि एमालेमा फर्केका छन् । यस्तै नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य बैजनाथ यादव पनि एमालेमा प्रवेश गरे । उनको नेतृत्वमा माओवादीका १४ कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...