टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक छ : राजेन्द्र गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक र भर्त्सना योग्य भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड सरकारको सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय खेदजनक, भर्त्सना योग्य, स्वेच्छचारी कदम भएको बताएका छन् । गौतमले यसको नियमन गर्नुपर्दा कानून बनाएर गर्नुपर्ने बताए ।

‘अलोकतान्त्रिक बाटोबाट संसद्लाई छलेर तानाशाही ढंगले टिकटक जस्तो लोकप्रिय सामाजिक सञ्जाल बन्द गरेर होइन, सामाजिक सञ्जाललाई कानून बनाएर नियमन गर्ने,दर्ता अनिवार्य गर्नुपर्ने, तिनलाई करको दायरामा ल्याएर व्यवस्थित गर्नुपर्नेमा सामाजिक सञ्जाल टिकटकलाई नै बन्द गर्ने कुराले सरकारको नियत प्रष्ट भएको खुलासा भएको छ’, गौतमले फेसबुकमा लेखेका छन् । सरकारले आजैदेखि टिकटक बन्द गर्ने निर्णय गरेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइसकेको छ । यसको चौतर्फी विरोध भएपनि सरकारले बन्द गर्ने नै निर्णयमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...