नेपाल संवतको ऐतिहासिकता र आजको सन्दर्भबारेमा छलफल



 

 

बागमती प्रदेशका सांसद तथा पूर्वयोजना आयोगका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले काठमाडौं महानगरपालिकामा हिजो भत्किएका घरहरु बनाउनेहरुलाई विस्थापित गरेर आज भत्काउनेहरुको वर्चस्व कायम भएको बताएका छन् । राजधानी काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब काठमाडौं उपत्यकामा भत्किएका घर बनाउने नेकपा एमाले स्थापित हुनुपर्ने बताए । आज विद्यार्थीहरु लोन लिएर बाहिर जाने र विश्वविद्यालयमा तालाबन्दी हुने,बेरोजगारको अवस्था विकराल हुने र देशैभरि गठबन्धनको नाममा ठगबन्धनहरु मुलुकलाई भ्रष्टाचारको जालोमा फसाउन सकिन्छ भनेर लागेको बताउँदै उनले भने, ‘ मुलुकको राष्ट्रिय राजनीतिले नेकपा (एमाले)लाई खोजिरहेको छ । ’ नेपाली जनताको टाउकोमा २२ खर्बभन्दा बढी रहेको बताउँदै उनले सरकारले अहिले पुँजीगत खर्च गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘ नेकपा एमाले गरिबीको पक्षमा उभिन चाहन्छ । काठमाडौं उपत्यकाको विकासको मोडलबारे नेकपा एमालेले नेतृत्व गर्छ ।’ नेकपा एमालेले महानगरपालिकासँग सहकार्य गरी काठमाडौं उपत्यकाको विकासका लागि काम गरिरहेको सो क्रममा देवकोटाले बताए । नेपाल संवतलाई राष्ट्रिय संवत बनाउन आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ । काठमाडौंका ३२ वटै वडामा बुद्धिजीवी परिषद् गठन गरी अघि बढ्न उनले आग्रह गरे । यस्तै, नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटी इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले विश्वविद्यालयमा इतिहास र संस्कृतिबारे पढाइ हुन छाडेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘आज काठमाडौंको बीचमा बहने टुकुचा अर्थात् इच्छुमतिमा सुन खोज्ने चलन छ । टुकुचामा सुन खोज्ने काम भइरहेको छ ।’ उनले शंखधर शाख्वासँग जोडिएको बालुवा सुनमा परिणत भएको, र निरंकुश शासनबाट प्रताडित जनतालाई ऋण मोचन गराएको यथार्थ भएको उनले बताए । सो क्रममा बहादुर शाहले नेपाल संवत चलनमा ल्याएको स्मरण गर्दै शाहकालमा पनि नेकपा एमालेले दक्षिण ढोकामा बहादुर शाहको शालिक बनाएको बताए । यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले नेपाल संवतलाई नेकपा एमालेले मात्रै राष्ट्रिय संवतका लागि मुख्य एजेन्डा बनाएको बताएका छन् । नेकपा एमालेबाहेक अन्य कुनै पनि पार्टीले नेपाल संवतको विषय नउठाएको उनले बताए । विसं २०५५ मा नेकपा एमालेले जिल्ला कमिटी गठन गरी नयाँ वर्ष मनाएर औपचारिक रुपमा नेपाल संवत मनाउन सुरु गरेको उनले बताए । शंखधर शाख्वालाई राष्ट्रिय विभूति घोषणा र राजपत्रमा प्रकाशित गर्न काठमाडौं जिल्लाले सुरु गरेको स्मरण गरे । उनले भने, ‘उपत्यका र अन्य सरकारी निकायसँग समन्वय गरेर हामी अघि बढ्यौँ । नेपाल संवतले सरकारी मान्यता पाउनैपर्छ भन्ने थियो । नेपाल संवतलाई जन्मदेखि मृत्युसम्म प्रचलनमा ल्याइरहेका छौँ । तसर्थ नेपाल संवत राष्ट्रिय संवत हो । शखधर शाख्वालाई राष्ट्रिय विभूति घोषणामा नेकपा (एमाले)जोडिएको छ ।’ शाक्यले नेपाल संवतलाई राष्ट्रिय संवत बनाउन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको महत्वपूर्ण देन रहेको बताए । सो क्रममा उनले आफ्नै पालामा इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने अवसर प्राप्त भएको बताए । यस्तै, काठमाडौं जिल्लाका इन्चार्ज तथा पूर्वमन्त्री आनन्द पोखरेलले लिच्छवीकालमा शासकले आफ्ना पुर्खाको नामबाट संवत चलाएको अवस्थामा शंखधर शाख्वाले सबै जातजातिलाई जोड्ने खालको नेपाल संवत चलाएको बताए । उनले भने, ‘शाख्वाले नेपाल संवत चलाएर बाइसे, चौबिसे राज्य भएको अवस्थामा अहिलेको शब्दमा भन्ने हो भने अर्गानिक संवत चलाए । नेपाल संवतले तत्कालीन अवस्थामा नेपालका जातजाति भाषाभाषीलाई एक ठाउँमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउलाले नेपाल संवत कुनै एउटा समुदायको मात्रै संवत नभएर राष्ट्रिय संवत भएको बताए । नेपाल संवत राष्ट्रिय संवत हुनुपर्छ भन्नेमा नेकपा एमालेले मुद्दा उठाएको बताउँदै उनले भने, ‘नेकपा एमालेले हरेक वर्ष शंखधर शाख्वालाई सम्झिने गरेको छ ।’ कार्यक्रममा प्रा.डा. कल्पना श्रेष्ठले नेपाल संवतको अवधारण प्रस्तुत गरेकी थिइन् । यस्तै प्रा.डा.तथा टिप्पणीकार मीना पौडेलले गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने कुरा जसरी पुरातात्विक रुपमा प्रमाणित हुन्छ त्यसैगरी शंखधर शाख्वा र नेपाल संवतबारे प्रमाण संकलन भइसकेका र नेपाल संवतलाई राष्ट्रिय सम्वतको रुपमा मनाउनुपर्ने बताइन् । कार्यक्रममा काठमाडौं महानगरपालिका बुद्धिजीवी परिषद्का अध्यक्ष गोपाल ध्वजकारले स्वागत मन्तव्य राखेका थिए भने सलिन श्रेष्ठले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पतञ्जलि जग्गा प्रकरणम : माधव नेपाल विशेष अदालतमा हाजिर हुदै

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका