मुगुमा एकै परिवारका चार जनाको हत्या



हाम्रो इकोनोमि

 

मुगुमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हत्या आरोपमा दुई जनालाई प्रकाउ गरेका हो । उक्त घटना घटेको १३ दिनपछि हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले  जानकारी दिए । घटनाका आरोपीलाई शुक्रबार दिउँसो २ बजे सार्वजनिक गर्ने महानिरीक्षक ढकालले बताए । कात्तिक १० गते छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ८ महिने अर्का छोरा रहर मृत अवस्थामा भेटिएका थिए ।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीले जानकारी दिएको थियो । हत्या गरेपछि घरमा ताला लगाएर आरोपी भागेका प्रहरीको भनाइ थियो । घटना घटेको दुई दिनपछि छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...