मुगुमा एकै परिवारका चार जनाको हत्या



हाम्रो इकोनोमि

 

मुगुमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हत्या आरोपमा दुई जनालाई प्रकाउ गरेका हो । उक्त घटना घटेको १३ दिनपछि हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले  जानकारी दिए । घटनाका आरोपीलाई शुक्रबार दिउँसो २ बजे सार्वजनिक गर्ने महानिरीक्षक ढकालले बताए । कात्तिक १० गते छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ८ महिने अर्का छोरा रहर मृत अवस्थामा भेटिएका थिए ।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीले जानकारी दिएको थियो । हत्या गरेपछि घरमा ताला लगाएर आरोपी भागेका प्रहरीको भनाइ थियो । घटना घटेको दुई दिनपछि छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...