राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने



हाम्रो इकोनोमि

 

जिल्ला प्रशासन कार्यालयले लमजुङमा राती १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ । बिहान ७ बजेदेखि राति १० बजेसम्ममात्रै देउसीभैलो खेल्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

प्रशासनले तोकिएको समयमा पनि मर्यादित तवरले र शान्ति सुरक्षामा असर नपर्ने गरी देउसीभैलो खेल्न भनेको छ । रातको समय रक्सी बढीमात्रामा सेवन हुनसक्ने, झै–झगडा हुन सक्ने र यसले घटना दुर्घटना भएर ज्यान समेत जान सक्ने भएकाले रातीको समय देउसीभैलो खेल्न प्रतिवन्ध लगाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

चाडपर्वको अवसरमा मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं भै–भगडा गर्ने जस्ता कार्य नगर्न नगराउन प्रशासनले नागरिकमा आग्रह गरेको छ । आफ्नो अधिकारको उपयोग गर्दा अर्काको अधिकार हनन नगरी सार्वजनिक यातायात र जनजीवनलाई नकारात्मक असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा देउसीभैलो लगायतका कार्यक्रम गर्न प्रशासनले आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले पटका, आतिसबाजी जस्ता कुनै पनि प्रकारका प्रज्वलनशील तथा विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, विक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको बताए । प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी कानून विपरीतका काम गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने उनले बताए

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...