राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने



हाम्रो इकोनोमि

 

जिल्ला प्रशासन कार्यालयले लमजुङमा राती १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ । बिहान ७ बजेदेखि राति १० बजेसम्ममात्रै देउसीभैलो खेल्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

प्रशासनले तोकिएको समयमा पनि मर्यादित तवरले र शान्ति सुरक्षामा असर नपर्ने गरी देउसीभैलो खेल्न भनेको छ । रातको समय रक्सी बढीमात्रामा सेवन हुनसक्ने, झै–झगडा हुन सक्ने र यसले घटना दुर्घटना भएर ज्यान समेत जान सक्ने भएकाले रातीको समय देउसीभैलो खेल्न प्रतिवन्ध लगाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

चाडपर्वको अवसरमा मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं भै–भगडा गर्ने जस्ता कार्य नगर्न नगराउन प्रशासनले नागरिकमा आग्रह गरेको छ । आफ्नो अधिकारको उपयोग गर्दा अर्काको अधिकार हनन नगरी सार्वजनिक यातायात र जनजीवनलाई नकारात्मक असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा देउसीभैलो लगायतका कार्यक्रम गर्न प्रशासनले आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले पटका, आतिसबाजी जस्ता कुनै पनि प्रकारका प्रज्वलनशील तथा विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, विक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको बताए । प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी कानून विपरीतका काम गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने उनले बताए

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...