सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत



हाम्रो इकोनोमि

 

 

सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालसम्बन्धी प्रस्ताव विधेयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर स्वीकृत भएको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् । उनले भने, ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० भन्ने प्रस्ताव सञ्चार मन्त्रालयबाट आएको थियो । यो विधेयक समितिबाट आज क्याबिनेटमा प्रस्तुत भएर आज स्वीकृत भएको छ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय भएको छ । यस्तै सरकारले पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी नेपाललाई राजदूत नियुक्तिका लागि सिफारिस गरेकाे सरकारकी प्रवक्ता शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...