संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा छायो : गणेश तिमिल्सिना



हाम्रो इकोनोमि

 

 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशा कम हुँदै जाने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन सही ढंगले हुन नसक्दा जनतामा दलहरूप्रति निराशा छाएको बताए । सरकारले संविधानअनुसारका कानून बनाउन बढी ध्यान दिनुपर्नेमा उनको जोड छ । ‘बनाउनुपर्ने कानूनको सरकारी विधेयक आउन सकेको छैन । गैरसरकारी विधेयक आउने वातावरण नै छैन । संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी छ’, उनले भने । कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नागरिकको अधिकारको संरक्षणका लागि कानून निर्माण गर्दै प्रभावकारी कार्यान्वन हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...