मालपोतका कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा



हाम्रो इकोनोमि

 

मालपोत कार्यालय पर्सामा काम गरेका ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीहरूविरूद्ध आरोपपत्र दायर गरेको छ।

उजुरी पछि अनुसन्धान गरी अख्तियारले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध मुद्दा दायर गरेको हो। अधिकृत हरिनारायणले दुई करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजश्व दाखिला नगरी भ्रष्टाचार गरेको अख्तियार सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए।

आर्थिक वर्ष २०७१/०७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्दै उजुरी परेको थियो।

यस्तै भुपबहादुरले एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ,  गोपालबहादुरले ३५ लाख ४५ हजार ९५० रुपैयाँ, पदमप्रसादले १६ लाख ८१ हजार ६०० रूपैयाँ, चन्द्रबहादुरले २ लाख ४४ हजार ४६२ रुपैयाँ, कमोदले एक करोड ४१ हजार ४७ हजार १७१ रुपैयाँ र नासु किरणप्रसादले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ। सहायक प्रवक्ता थपलियाका अनुसार उनीहरूलाई बिगो जफत, त्यसको दोब्बर जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

किरणप्रसाद र उनकी श्रीमतीको मृत्यु भइसकेको छ। उनीहरूको मृत्यु भएकाले फौजदारी न्यायको मान्य सिद्धान्त बमोजिम उनका छोराहरूबाट उक्त रकम असुल गर्न अख्तियारले प्रतिवादी बनाएको छ।  अख्तियारले उनका ४ जना छोरा राजकिशोर, गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसादलाई प्रतिवादी बनाइएको हो। सरकारलाई भएको हानिनोक्सानी बिगो दामासाहिले असुल गर्नका लागि उनीहरूलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...