गौतम बुद्ध विमानस्थल नियमित उडान गर्न स्थानीयको दवाब



हाम्रो इकोनोमि

 

नेपाल वायुसेवा निगमले साताको एक दिन मलेसियाबाट भैरहवामानसम्म उडान गर्ने गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हप्ताको एक दिन यही एक मात्रै अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।  २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए, यो विमानस्थल । नेपालको दोस्रो व्यावसायिक अन्तर्राष्ट्रिय विमानस्थलको भनिएको यो विमानस्थलमा  नियमित हुनुको साटो अन्तर्राष्ट्रिय उडान बेला बेला बन्द हुने गरेको छ ।

हाल राष्ट्रिय ध्वजावाहकले विमानले पनि साताको एक दिनमात्रै उडान गर्दा स्थानीयवासीले अपेक्षा गरेअनुसार विमानस्थल सञ्चालनमा सरकारले ध्यान नदिएको गुनासो गरिरहेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरिरहेका छन् । विभिन्न निकाय मार्फत सरकारलाई दबाब पनि दिएका छन् तर विमान कम्पनीहरूले यात्रु नभएपछि उडान रोक्नु परेको बताउँछन् ।  उद्घाटनका दिन नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतबाट आएको जजिरा एयरवेजको जहाज विमानस्थलमा अवतरण गरेका थिए। जजिरा एयरवेज झन्डै ६ महिना र त्यसपछि हिमालय एयरलाइन्सले पनि केही महिना यहाँबाट उडान गरेको थियो।

उनीहरूले यात्रु नपाएको भन्दै बन्द गर्दा केही महिना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प भयो । त्यसपछि  नेपाल वायुसेवा निगमको विमान मलेसिया  भैरहवा सातामा एक दिन ल्याउने निर्णय गरियो । यसले हालसम्म २१ उडान भरेको छ ।

तर, यो उडानले मात्रै व्यवसायी तथा अन्य सरोकारवालाहरू सन्तुष्ट छैनन् । नियमित उडान नहुने र निजी कम्पनीले पनि नयाँ उडान गर्न रुचि नदिँदा विमानस्थलको निर्माणको लगानी नै जोखिम जानसक्ने आकलन गरिँदै छ । लुम्बिनी प्रदेश योजना आयोग सदस्य डा दामोदर भुसालले गौतम बुद्ध विमानस्थलमा निजी विमान कम्पनी  उडान नगर्नु र ध्वजावाहक विमानको उडान  पनि नियमित गर्न नसक्नु निकै लाजमर्दो विषय भएको बताउँछन् ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई नै लक्षित गरी निजी क्षेत्रको अर्बौँको लगानी भएको छ। विमानस्थल निर्माण गर्दा पनि सरकारले अर्बौँको लगानी गरेको छ । ती दुवै लगानी जोखिममा पर्ने सक्ने उनको भनाई छ ।

अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि खुसी भएका यहाँका पर्यटन व्यवसायी तथा अन्य सरोकावारवाला अहिले  विमानस्थल अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा चिन्तामा रहेको टुर तथा ट्राभल एजेन्ट (नाटा) लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...