मध्यपहाडी केन्द्रित पार्टी सुदृढीकरण अभियानको तयारीमा एमाले



हाम्रो इकोनोमि

 

 

 

पार्टी सुदृढीकरण अभियान चलाइरहेको नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित अभियानको तयारी थालेको छ । भदौमा सिरहामा बसेको सचिवालयको बैठकको निर्णयअनुसार एमालेले मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउने भएको हो । अभियानको बाटो अवलोकनका लागि दुई उपमहासचिव अहिले खटिएका छन् । उनीहरूले जिल्लाजिल्ला पुगेर त्यहाँको पार्टी नेतृत्व, जनवर्गीय संगठनसँग अन्तरक्रिया र सुझावसमेत संकलन गर्नेछन् । अहिले उपमहासचिव प्रदीप ज्ञवाली पाँचथरको चिवाभञ्ज्याङ पुगेका छन् । सो भूमी पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु र नेपाल तथा भारतको सिक्किम राज्यको सिमाना पनि हो । भने, अर्का उपमहासचिव विष्णु रिमाल भारतसँगको सीमा नाका बैतडीको झुलाघाट नाका पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाट नाकाबाट अभियानको थालनी गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार अहिलेसम्म अभियानको मिति भने घोषणा भइरहेको छैन । उनले भने, ‘अब अभियानको मिति केन्द्रीय कमिटीको बैठकले घोषणा गर्छ । त्यसअघि यही २२र२३ गते सचिवालयको बैठक बस्छ । सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव लैजान्छ । सोहीअनुसार त्यो बैठकको अभियानको घोषणा गर्छ ।’
केन्द्रीय कमिटीको बैठक मंसिर दोस्रो सातामा बस्ने तयारी रहेको उनले बताए । अभियान बैतडिको झुलाघाटबाट सुरु हुने उनको भनाइ छ । उनले भने, ‘बैतडीको झुलाघाटबाट सुरु हुने अभियान पाँचथरको चिवाभञ्ज्याङसम्म जान्छ । अध्यक्ष आफैं अभियानमा जानुहुन्छ । अभियानको क्रममा सभा, मार्चपास, जनतासँग साक्षात्कार कार्यक्रम हुन्छन् । एमालेले गत मंसिरको निर्वाचनलगत्तै मिसन ०८४ लाई केन्द्रमा राखेर पार्टी संगठनलाई सक्रिय बनाएको छ । यसअघि गत फागुनदेखि तीन महिने मिसन ग्रासरूट अभियान चलाएको थियो । पार्टी अध्यक्ष ओलीले ०८४ मा पार्टीले एकल बहुमत ल्याउनुपर्ने भन्दै पार्टीपंक्तिलाई सोही अनुसार खट्न निर्देशन समेत दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...