सरकारकै कारण सदन प्रभावकारी हुन सकेन : विष्णु पौडेल



 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको कारणले सदनको कामकारबाही प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सदनको यो अधिवेशन निराशाजनक भएको टिप्पणी गरे । उनले भने, ‘सदन किन र कसका कारणले प्रभावकारी हुन सकेन रु चर्चा हुन्छ सांसद्, सभाको कारणले प्रभावकारी हुन सकेन । तर, तथ्यले त्यस्तो भन्दैन । सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो । सरकारको दृष्टिकोण र सरकारका गतिविधिहरू जिम्मेवार छन् । सरकारले सदन प्रभावकारी बन्न नदिएको उनको आरोप छ ।
उनले भने, ‘सदन प्रतिपक्षको हो भनेर दुनियाँभर मानिन्छ । प्रतिपक्षले उभिएर बोल्दा सत्तापक्षले ध्यान दिएर सुन्नुपर्छ । तर, यहाँ जायज माग भन्न र सुनाउनको लागि प्रतिपक्षले आवाज उठाएरमात्रै पुगेर बेल घेर्नुपर्ने अवस्था आयो । प्रतिपक्षको आवाजको सच्चाइलाई सुनेरमात्रै सदन अवरोधको स्थिति अन्त्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस
अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही

बागमतीमा सवारीसाधनको डिजिटाइजेशन अभिलेख सुरू

    बागमती प्रदेशभित्रको सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) गर्ने काम सुरू

सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह