राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा



 

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई लुम्बिनीमा स्वागत गरेका हुन् । हेलिकप्टरबाट आएका उनी शान्तिदीपबाट पैदल मायादेवी मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम छ । पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी यहाँ आइपुगेका हुन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस आजै अन्नपूर्ण बेसक्याम्प हुँदै पोखराबाट लुम्बिनी आएका हुन् । प्रधानमन्त्री प्रचण्डसहित लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन मन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला श्रीपाइली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामासहितको टीमले गुटेरेसलाई लुम्बिनीमा स्वागत गरेका छन् ।

यससँगै यहाँ रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन् । गुटेरेसलाई मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि स्वागत गरिएको छ । महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

   

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्