सरसफाइ, प्रभातफेरि र शुभकामना कार्यक्रम गरी नेपाल संवत मनाउने



 

 

नेकपा एमाले काठमाडौं महानगर कमिटीले नेपाल संवत तथा शंखधर शाख्वाको स्मरणमा कातिक १८ गते शनिबार सरसफाइ, २८ गते प्रभातफेरि र मंसिर ६ गते टुक्च्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । सोमबार प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीको पूर्ण बैठकलाई सम्बोधनका क्रममा महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले सो जानकारी दिएका हुन् । मंसिर मंसिर ६ गते टुक्च्चा तथा शुभकामना आदानप्रदान, रक्तदानलगायत कार्यक्रम हुने कार्यक्रमका प्रमुख आतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहने अध्यक्ष देउलाले जानकारी दिए । पूर्वमन्त्री तथा काठमाडौं महानगरका इन्चार्ज रामेश्वर फुयालले भाषा, संस्कृति र संस्कार अमूल्य सम्पति भएको बताउँदै काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य कमिटीहरु पनि भाषा र संस्कृति बचाउन सक्रिय हुनुपर्ने बताए । आज भाषा र संस्कृति खोजीको विषय भएको बताउँदै उनले विगतमा नेकपा ९एमाले०ले गरेको भूमिका स्मरण गरे । उनले नेपाल संवत १११९ देखि नेपाल संवतलाई राष्ट्रिय संवत कार्यान्वयनमा ल्याउन लागिपरेको बताए । यस्तै, उनले काठमाडौं जिल्लाका १३८ वटै वडामा आफ्नो संस्कृतिअनुरुप देउसी भैलो कार्यक्रम गर्न आह्वान गरिएको जानकारी दिए । लोलोपोतो गरेर पार्टी नचल्ने बताउँदै तदारुक्ताका साथ काम गर्न उनले काठमाडौं महानगरका ३२ वटै वडालाई निर्देशन दिए ।

काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले नेपाल संवत राष्ट्रिय संवत भएको भन्दै नेपाल भाषा र नेपाल संवत फरक विषय भएको बताए । उनले भने, ‘नेपाल संवत राष्ट्रिय संवत हो । यसको नेतृत्व हामी ९नेकपा एमाले०ले गर्नुपर्छ ।’ नेपाल संवतलाई स्थापित गराउन नेकपा एमालेका अग्रज सबै नेताको अहम भूमिका रहेको बताए । विगतमा नेकपा एमालेले नेपाल संवतको विषय बोक्दा संवतको राजनीति लागेकोमा अहिले सबै पार्टीले नेपाल संवतको अवसरमा चियापान कार्यक्रम र शुभकामना आदानप्रदान हुने गरेको बताए । हाल काठमाडौं उपत्यकाका प्रायः सबै ठाउँमा नेपाल संवत कार्यक्रमको सुरुवात भएको उनले बताए । काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले नेपाल संवतका प्रणेता शंखधर शाख्वाले जनतालाई ऋणमोचन गरेको स्मरण गरे । उनले हरेक चाडपर्व मानवीय सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडिएको बताए । महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले नेपाल संवतसँग जोडिएका शंखधर शाख्वालाई नेकपा एमालेको ब्रान्ड भएको बताए । २०५५ सालदेखि नै नेपाल संवतको एजेन्डालाई नेकपा एमालेको एजेन्डा बनेको बताउँदै उनले बीचमा अरुले यो एजेन्डा बोके पनि यसमा मुख्य भूमिका नेकपा एमालेको रहेको बताए । उनले भने, ‘शंखधर शाख्व राष्ट्रिय विभूति हुनुमा नेकपा एमाले र राजधानी काठमाडौं उपत्यकाको विशेष देन छ ।

काठमाडौं महानगर कमिटीको सहआयोजनामा टेकूदेखि १६ नम्बर वडासम्म बग्ने विष्णुमति नदी सरसफाइ कार्यक्रम गर्ने भएको छ । कातिक २८ गते नेपाल संवत प्रारम्भ भएको दिन स्मरण गर्ने पनि उनले जानकारी दिए । महानगर कमिटीले मंसिर ६ गते टुक्च्चा कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गर्ने भएको छ । साथै,रक्तदान कार्यक्रम पनि गर्ने भएको छ । यस्तै, कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिसमेत चयन गरिएको छ । कार्यक्रमलाई सम्बोधनका क्रममा नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले नेपाल संवत ११४४ नेकपा एमालेका लागि सुखद रहोस् भनी शुभेच्छा प्रकट गरे । सो क्रममा उनले नेपाल संवतको शुभकामना आदानप्रदान कार्यक्रमको इतिहास राजनीतिक विषय भएको जानकारी दिँदै उनले नेपाल संवतका प्रणेता शंखधर खाख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको बताए । कार्यक्रममा काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोल, प्रदेश कमिटीमा निर्वाचित सदस्य, काठमाडौं जिल्ला सचिव राजेश शाक्य, उपसचिव तेजप्रसाद ढकालको सहभागिता थियो । यसैगरी कार्यक्रमको सञ्चालन काठमाडौं महानगर कमिटी सचिव गणेश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्