सिंगापुरमाथि नेपालको सानदार जित



हाम्रो इकोनोमि

 

 

आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध सानदार जित निकालेको छ । टीयू क्रिकेट मैदालमा भएको पहिलो खेलमा सिंगापुर ८ विकेटले पराजित भएको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्यका लागि नेपालका लागि कुशल भुर्तेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४८ बलमा ८ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । अर्का ओपनर आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ३५ रनको बिस्फोटक ब्याटिङ प्रर्दशन गरे । क्रिजमा आएको पहिलो बलमै छक्का प्रहार गर्दै कुशल मल्लले खेल समाप्त गरेका थिए ।

सिंगापुरका अनन्त कृष्ण र अक्षय पुरीले समान एक एक विकेट लिए । यसअघि, सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...