सिंगापुरमाथि नेपालको सानदार जित



हाम्रो इकोनोमि

 

 

आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध सानदार जित निकालेको छ । टीयू क्रिकेट मैदालमा भएको पहिलो खेलमा सिंगापुर ८ विकेटले पराजित भएको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्यका लागि नेपालका लागि कुशल भुर्तेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४८ बलमा ८ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । अर्का ओपनर आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ३५ रनको बिस्फोटक ब्याटिङ प्रर्दशन गरे । क्रिजमा आएको पहिलो बलमै छक्का प्रहार गर्दै कुशल मल्लले खेल समाप्त गरेका थिए ।

सिंगापुरका अनन्त कृष्ण र अक्षय पुरीले समान एक एक विकेट लिए । यसअघि, सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...