गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु



 

 

करिब एक घण्टा अगाडि बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ । बाराको सिडिओ नवराज सापकोटाले घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यू भएको पुष्टि गरे । अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ । कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो । मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार भएको थियो छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका