एमालेको चियापान कार्यक्रम कात्तिक १५ गतेलाई सर्‍यो



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)को चियापान कार्यक्रम निर्धारित समयभन्दा एक दिन ढिलो गरी कात्तिक १५ गतेका लागि सरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दसैं, तिहार, छठ लगायतको पर्वको अवसरमा आयोजना हुने चियापान कार्यक्रम एक दिन पछि सरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यसअघि कात्तिक १४ गतेका लागि तय गरिएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै चियापान कार्यक्रम एक दिन पछि सारिएको कार्यालय सचिव डा. अधिकारीले जानकारी गराए । चियापान कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...