टी-२० विश्वकप क्वालिफायर खेल्न सन्दीप तयार



 

 

नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्ने मनस्थिति बनाएका छन् । हाल जारी त्रिकोणात्मक टी-२० सिरिजमा अनुपस्थित सन्दीप नेपालका लागि महत्वपूर्ण प्रतियोगितामा उपलब्ध हुने भएका हुन् । अदालतमा जारी मुद्दाको फैसलामा ढिलाइ हुँदा तनावमा रहेका सन्दीपले त्रिकोणात्मक श्रृंखला नखेल्ने निर्णय लिएका थिए । प्रतियोगिताअघि उनले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टीमबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए । सन्दीपको अनुपस्थितमा त्रिकोणात्मक सिरिजमा नेपालको स्पिन आक्रमण केही फितलो बनिरहेको छ ।

क्रिकेटप्रेमी दर्शक एवं शुभचिन्तकको चाहनामा सन्दीप विश्वकप क्वालिफायर खेल्न तयार बनेको निकट स्रोतले बताएको छ । नेपालको टीमबाट अलग भएपछि घुमघाममा हिँडेका उनी अहिले काठमाडौं फर्किसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि टीम घोषणा गर्न बाँकी छ । अब घोषणा हुने स्क्वाडमा सम्भवतः सन्दीपले कमब्याक गर्नेछन् । भोलि नेपालले यूएईसँग त्रिकोणात्मक सिरिजको फाइनल खेल्दैछ । त्यसलगत्तै क्यानले क्वालिफायरका लागि टीम घोषणा गर्ने बुझिएको छ । सन्दीप अहिले क्यानको सम्पर्कमा नै छन् । यता, काठमाडौं जिल्ला अदालतमा विचाराधीन सन्दीपको मुद्दाको आगामी पेशी कार्तिक २३ गतेलाई तोकिएको छ । त्योभन्दा अगाडि नै विश्वकप छनोट प्रतियोगिता सम्पन्न भइसक्ने भएकाले सन्दीपको खेल प्रभावित हुनेछैन ।

टी-२० विश्वकपको आगामी संस्करण २०२४ को जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुने भएको छ । त्यसका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा यही अक्टोबर ३० (सोमबार)बाट हुँदैछ । मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् । नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । नेपालले आफ्ना सबै खेलहरु कीर्तिपुर मैदानमा खेल्नेछ । नेपालको पहिलो म्याच सोमबार सिंगापुरविरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस
इलाममा यसरी हुँदैछ मतगणनाको तयारी

     इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का

आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको

रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद मिल्यो

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता

इलाम २ मा आज रातीबाटै मतगणना सुरु गर्ने तयारी

    इलाम क्षेत्र २ मा मतदान सकिएपछि आजै मत पेटिका सङ्कलन गर्ने