ह्वात्तै बढ्यो घरजग्गा कारोबार र कित्ताकाट



हाम्रो इकोनोमि

 

 

केही समयदेखि सुस्ताएको घरजग्गा कारोवार बढेको छ । चालु आर्थिक वर्षको असोज महिनामा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको हो । गत असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशत र राजस्व ३७.१२ प्रतिशतले बढेको छ  । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कित्ताकाटसमेत अघिल्लो असोजको तुलनामा ८१.९७ प्रतिशत प्रतिशतले बढेको छ ।

पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा गत मंसिरयता घरजग्गा कारोबार, कित्ताकाट सुस्ताएको थियो । गत असोजको तुलनामा मात्र नभएर चालु आर्थिक वर्षको साउन र भदौको तुलनामा पनि असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको छ । चालु आर्थिक वर्षको साउनमा २ अर्ब ९१ करोड राजस्व उठेको थियो । सरकारले असोजमा घरजग्गा कारोबारबाट ४ अर्ब ८ करोड रुपैयाँ राजस्व उठाएको छ । चाडपर्वका बेलामा घरजग्गा कारोबार सकारात्मक देखिएको र मंसिरदेखि अझै बढ्ने नेपाल घरजग्गा आवास विकास महासंघको भनाई छ ।

चालु आर्थिक वर्षको साउनमा ७७ हजार ६८ पटक कित्ताकाट भएको थियो । भदौमा ८० हजार ३१७ पटक जग्गाको कित्ताकाट हुँदा असोजमा बढेर १ लाख ६ हजार ३४९ पटक पुगेको विभागको तथ्यांक छ । यस्तो समग्र घरजग्गा कारोबार पनि साउन, भदौ र असोजमा क्रमशः १ लाख १९ हजार, १ लाख २० हजार १ लाख ४० हजार भएको विभागले जनाएको छ । कित्ताकाट नखुल्दा घरजग्गा कारोबार नभएको सरोकारवालाले बताउँदै आएका थिए । चालु आर्थिक वर्षको साउन ३० गते मन्त्रिपरिषद् बैठकले सबै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...