केही दल सरकार ढाल्न र गठबन्धन फुटाउन लागेका छन् : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरू गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलबीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा बिहीबार आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरुका बीचको एकताको आवश्यकता रहेको बताए ।

प्रचण्डले भने, ‘हामी ठूलो पार्टीको रूपमा उदाएका थियौं । विडम्बना हामी सबै फरक-फरक बाटोतिर लाग्यौं । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनतासामु गरेका थियौं, त्यो प्रतिवद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरूलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो । सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागिपरेको उनको आरोप छ । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दल सरकार ढाल्ने प्रयासमा रहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...