केही दल सरकार ढाल्न र गठबन्धन फुटाउन लागेका छन् : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरू गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलबीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा बिहीबार आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरुका बीचको एकताको आवश्यकता रहेको बताए ।

प्रचण्डले भने, ‘हामी ठूलो पार्टीको रूपमा उदाएका थियौं । विडम्बना हामी सबै फरक-फरक बाटोतिर लाग्यौं । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनतासामु गरेका थियौं, त्यो प्रतिवद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरूलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो । सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागिपरेको उनको आरोप छ । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दल सरकार ढाल्ने प्रयासमा रहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...