केपी ओलीको कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिखेर गृहजिल्ला झापामा छन् । दसैँतिहार, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न ‌ओली झापा पुगेका हुन् । शुभकामना आदानप्रदान गर्न आयोजना गरेको कार्यक्रमको व्यवस्थापन एमाले झापा जिल्ला कमिटीले गरेको छ । कार्यक्रमस्थल विर्तामोडको सिटी सेन्टरमा सुरक्षा निगरानी बढाइएको छ । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कोशी नामकरणलाई लिएर पछिल्लो समय पहिचानवादीले एमाले नेता कार्यकर्तालाई निसाना बनाउँदै आएका छन् । केही दिनअघि मात्र एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममा पहिचानवादीको हुलमा मिसिएर दुर्गा प्रसाईँ समर्थकले एमाले कार्यकर्ताको गाडी तोडफोड गरेका थिए । केपी ओली सहभागी हुने कार्यक्रम स्थल सिटी सेन्टर दुर्गा प्रसाईँको बीएण्ड सी अस्पतालभन्दा २ सय मिटरजति टाढा छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...