केपी ओलीको कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिखेर गृहजिल्ला झापामा छन् । दसैँतिहार, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न ‌ओली झापा पुगेका हुन् । शुभकामना आदानप्रदान गर्न आयोजना गरेको कार्यक्रमको व्यवस्थापन एमाले झापा जिल्ला कमिटीले गरेको छ । कार्यक्रमस्थल विर्तामोडको सिटी सेन्टरमा सुरक्षा निगरानी बढाइएको छ । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कोशी नामकरणलाई लिएर पछिल्लो समय पहिचानवादीले एमाले नेता कार्यकर्तालाई निसाना बनाउँदै आएका छन् । केही दिनअघि मात्र एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममा पहिचानवादीको हुलमा मिसिएर दुर्गा प्रसाईँ समर्थकले एमाले कार्यकर्ताको गाडी तोडफोड गरेका थिए । केपी ओली सहभागी हुने कार्यक्रम स्थल सिटी सेन्टर दुर्गा प्रसाईँको बीएण्ड सी अस्पतालभन्दा २ सय मिटरजति टाढा छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...