राष्ट्रपतिले सर्वसाधारणलाई दुई घण्टा विजयादशीको टीका लगाइदिने



 

 

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन तीन घण्टा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरुलाई २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । पहिलो श्रेणीमा सम्माननीयहरू, उपप्रधानमन्त्री र मन्त्रीहरू, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, संघीय सांसदहरु, संवैधानिक निकायका पदाधिकारीहरु तथा विशिष्ट व्यक्तिहरु रहनेछन् । यस्तै निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकले राष्ट्रपतिबाट टीका ग्रहण गर्न सक्नेछन् । राष्ट्रपति कार्यालयले सबैलाई मर्यादित पोशाकमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका