डा. बद्रि केसीको टीमलाई मतदान गरौं : प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा



 

 

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अध्यक्षमा डा. बद्रि केसीलाई मतदान गरी बिजयी बनाउन सवै प्रतिनिधिलाई अफिल गर्नुभएको छ ।एनआरएनएलाई प्रवासमा रहेका सवै नेपालीको साझा मञ्चको रुपमा स्थापित गराउन बद्रि केसीसहित उहाँको टीमलाई बिजयी बनाउन अध्यक्ष थापाले अपिल गर्नुभएको हो । एनआरएनएको जारी महाधिवेशनमा नेपालमा बिहीवार बिहान १० बजेबाट मतदान सुरु हुनेछ भने बिदेशबाट अवको केही समयपछि अनलाइन मतदान हुँदैछ । यसै सन्दर्भमा अमेरिकाबाट एनआरएनएका डेलिगेट समेत रहनुभएका ओएनएफ अध्यक्ष थापाले बद्रि केसीसहित उहाँको प्यानलमा रहेका सवै उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभएको हो ।

एनआरएनएलाई पवित्र संस्थाकै रुपमा अघि बढाउनुपर्छ भन्ने सवैले बद्रि केसीको टीमलाई मतदान गर्नुपर्छ, आज संगठनभित्र अराजक व्यवहार देखाउने, हुलहुज्जत गर्ने, राजनीतिक पार्टी र नेताहरुलाई यसमा जोडी आफ्नो निहित स्वार्थ पुरा गर्ने र संगठनको गरिमालाई निश्तेज पार्नेहरुलाई परास्त गर्दै बिश्वभर रहेका सवै नेपालीको बिश्वासिलो संस्था बनाउन केसी समुहको बिजय आवश्यक छ, अध्यक्ष थापाले भन्नुभयो । एनआरएनएको यस महाधिवेशनले खराव खराव प्रवृत्तिहरुलाई निस्तेज पारी संगठनलाई जोगाउनु पर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो ।

‘एनआरएनएमा राम्रा व्यक्तिहरुको संयुक्त साझा टीम निर्माण गरी संस्थालाई पुनः आफ्नो घोषित लक्ष्य र उद्देश्य परिपुर्ति गर्ने बाटोमा वा लयमा फर्काउनु पर्दछ । जसको लागि अति सुझबुझपूर्ण नेतृत्व चाहिन्छ,’ ओएनएफ अध्यक्ष थापाले भन्नुभयो, ‘आजको दिनमा यी सबै कामहरु गर्नसक्ने उपयुक्त पात्र डा. बद्रि केसी नै हुनुहुन्छ । उहाँ यस संस्थाको स्थापनाको समय २००३ सालदेखि यसमा जोडिँदै तल्लो तहदेखि आईसिसिको ६ महिनाको कार्यकारी अध्यक्षसम्मको जिम्मेवारीको लामो अनुभवले पोख्त हुनुहुन्छ । अबको दुई वर्ष यस संगठनभित्र भित्रिएका सवै प्रकारका खराब पक्षहरुलाई सफा गरी संगठनलाई संसारभरका नेपालीहरुले आशा र भरोसा गर्न लायकको संगठन बनाउन जरुरी छ । त्यो काम बद्रि केसीले नै गर्न सक्नुहुन्छ ।’

थापाले केसी कुनै राजनीतिक दलको मोहरा भएर चल्ने पात्र पनि हुनुहुन्न र सबैको साझा व्यक्तित्व भएको र अन्य उम्मेदवारहरु कुनै आमुक राजनीतिक दलको मोहोडा भएर प्रस्तुत भएको कारण पनि एनआरएनए डेलिगेटले यो तथ्य बुझ्नुपर्ने बताउनु भयो । सवै कुरा हेरेर नै प्रवासी नेपाली मञ्चले एनआरउनए निर्वाचनमा बद्रि केसी र उहाँको टीमलाई मतदान गर्ने निर्णयसहित समर्थन गरेको जानकारी दिँदै अध्यक्ष थापाले ओएनएफका सवै सदस्यहरुल यस निर्णय कार्यान्वयन गर्न भन्नुभएको छ ।

बद्रि केसीको प्यानलमा उम्मेदवार बनेका ब्यक्तित्वको अनुहार हेर्दा संगठनलाई जोगाएर यसको घोषित उद्देश्य र लक्ष प्राप्तिमा संगठनलाई कसरी अघि बढाउन सकिन्छ भनेर चिन्तन गर्ने र त्यसअनुसारको व्यवहार गर्ने व्यक्तित्वहरुको ठुलो समुह नै छ । तसर्थ, गैर आवासीय नेपाली संघको बीस वर्षे इतिहासमा यो संस्थालाई ठुलो दुर्घटनाबाट बचाएर आजको दिनसम्म ल्याइपुर्याउने व्यक्तिहरुलाई नै यो संस्थालाई अगुवाई गर्ने जिम्मा दिनुपर्छ,’ थापाले भन्नुभयो ।

एनआरएनए निर्वाचनमा अध्यक्षका उम्मेदवार बद्रि केसीको टीमबाट उपाध्यक्षमा रामशरण सिम्खडा, डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, चिरञ्जिीवी घिमिरे, रोबिन शेरचन र महिला उपाध्यक्षमा यासमीन बेगम सैयद हुनुहुन्छ । यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष) मा रोशन थापा र महासचिवमा गौरीराज जोशी उम्मेदवार हुनुहुन्छ । उपमहासचिवमा शन्तोषकुमार भट्टराई, प्रमोद सिटौला, सचिवमा राजेन्द्र पुडासैनी, नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, यज्ञराज सुवेदी, प्रकाश सापकोटा र महिला सचिवमा राधिका गुरुङ (टीका) उम्मेदवार बन्नुभएको छ ।

यसैगरी कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत, ददीवल खडक र सीपी पौडेल तथा महिला सहकोषाध्यक्षमा अमृता थापा (कञ्चन) उम्मेदवार बन्नुभएको छ । यस्तै महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक पदमा सुपेन्द्र घिसिङ उम्मेदवार रहनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले यी सवै उम्मेदवारको पक्षमा मतदान गर्न डेलिगेटसलाई अफिल गर्नुभएको हो । एनआरएनएको जारी महाधिवेशनमा बिश्वभर गरी ४ हजार २ सय २७ जना डेलिगेटस रहेका छन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्