एनआरएनएमा बद्रि केसीको टीमलाई जिताउन प्रवासी नेपाली मञ्चका सचिव हेम शेर्पाको अपिल



हाम्रो इकोनोमि

 

 

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अध्यक्षमा डा. बद्रि केसीको टीमलाई बिजयी बनाउन अपिल गर्नुभएको छ । एनआरएनएलाई प्रवासमा रहेका सवै नेपालीको साझा मञ्चको रुपमा स्थापित गर्न केसीसहित उहाँको टीमलाई बिजयी बनाउनु पर्ने सचिव थापाको भनाइ छ । एनआरएनएका डेलिगेट समेत रहनुभएका ओएनएफ सचिव शेर्पाले एनआरउनएको छविमा सुधार गरी प्रवासमा रहेका सवै नेपालीको साझा बनाउन केसी टीमको बिजय अनिवार्य रहेको बताउनु भयो ।

एनआरएनएको यस महाधिवेशनले खराव खराव प्रवृत्तिहरुलाई निस्तेज पारी संगठनलाई जोगाउनु पर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो । ‘एनआरएनएमा राम्रा व्यक्तिहरुको संयुक्त साझा टीम निर्माण गरी यो संस्थालाई पुनः आफ्नो घोषित लक्ष्य र उद्देश्य परिपुर्ति गर्ने बाटोमा वा लयमा फर्काउन बद्रिको टीमले जित्न जरुरी छ,’ ओएनएफ सचिव शेर्पाले भन्नुभयो । सवै तथ्यलाई हेरेर नै प्रवासी नेपाली मञ्चले एनआरएनए निर्वाचनमा बद्रि केसी र उहाँको टीमलाई मतदान गर्ने निर्णय गरेको पनि शेर्पाले बताउनु भएको छ । एनआरएनए निर्वाचनमा अध्यक्षका उम्मेदवार बद्रि केसीको टीमबाट उपाध्यक्षमा रामशरण सिम्खडा, डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, चिरञ्जिीवी घिमिरे, रोबिन शेरचन र महिला उपाध्यक्षमा यासमीन बेगम सैयद हुनुहुन्छ । यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष) मा रोशन थापा र महासचिवमा गौरीराज जोशी उम्मेदवार हुनुहुन्छ । उपमहासचिवमा शन्तोषकुमार भट्टराई, प्रमोद सिटौला, सचिवमा राजेन्द्र पुडासैनी, नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, यज्ञराज सुवेदी, प्रकाश सापकोटा र महिला सचिवमा राधिका गुरुङ (टीका) उम्मेदवार बन्नुभएको छ ।

यसैगरी कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत, ददीवल खडक र सीपी पौडेल तथा महिला सहकोषाध्यक्षमा अमृता थापा (कञ्चन) उम्मेदवार बन्नुभएको छ । यस्तै महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक पदमा सुपेन्द्र घिसिङ उम्मेदवार रहनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले यी सवै उम्मेदवारको पक्षमा मतदान गर्न डेलिगेटसलाई अफिल गर्नुभएको हो । एनआरएनएको जारी महाधिवेशनमा बिश्वभर गरी ४ हजार २ सय २७ जना डेलिगेटस रहेका छन । मतदान अघि प्रतिनिधिलाई शेर्पाले एनआरएनएको भविश्य बद्रिको टीमको बिजयसँग रहेको भन्दै सवै प्रतिनिधिलाई अपिल गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...