केदार कार्कीलाई एमालेको साथ : हिक्मत



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले पटकपटक विश्वासको मत माग्नु पर्ने परिस्थितिको अन्त्यका लागि केदार कार्कीलाई समर्थन गरेको बताएका छन् । प्रदेशमा ५ पटक मुख्यमन्त्रीका लागि विश्वासको मत माग्नु परेकाले अब मत माग्नु नपरोस् भनेर एमाले लागेको बताए । उनले अहिले संविधान बनाउनेहरूले नै संविधानमाथि आक्रमण भएकाले संविधानको रक्षाको लागि पनि कार्कीलाई एमालेले साथ दिएको बताए ।

मूलुकमा सामाजिक सम्बन्ध खलल पुर्‍याउन खोजिएको भन्दै उनले त्यसका विरुद्ध दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले संविधानको व्याख्या गर्नेहरू संविधान मिचेर आफैँ कुण्ठा र आक्रोश पोख्न थालेको बताए । उनले कोशी प्रदेशको सरकार गठनको प्रक्रिया धारा १६८ (५) पुग्न नदिन जेठदेखि असोजसम्म केन्द्रका नेताहरूको ढोका ढक्ढकाएको बताए । उनले भने, ‘१६८ (५) मा पुग्दा यताको सांसद उता सर्छ भनेर भन्दा २ जोर जुत्ता फाटे तर कसैले पत्याएन । अहिले मैले भनेकै कुरा सबैको घण्टी बजेको छ ।

मध्यावधि निर्वाचनबाट एमाले नभागेको भन्दै अनुभवको आधारमा मध्यावधि टारेको उनको भनाइ छ । कांग्रेसको संस्थापन र माओवादीले एमालेलाई विश्वास नगरेकाले केदार कार्कीलाई साथ दिएको उनले बताए । संघीयताको उल्लंघन गर्दै सत्ता गठबन्धनले ठाडो हस्तक्षेप गरेकाले यसको विरोधमा कार्कीलाई साथ दिएको बताए । ‘हामीले केन्द्रको तोक आदेश र चिर्कटो सम्झौताको भरमा नभएर कोशी प्रदेशको दलको निर्णयले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका हौं’, कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...