रविना थापाद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी दर्ता



हाम्रो इकोनोमि

 

 

गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीको ११ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रविना थापाले सोमबार उम्मेदवारी दर्ता गरेकी छिन् । उनलाई अध्यक्ष पदकै उम्मेदवारीको चर्चामा रहेका बेलायतका विनय अधिकारीले प्रस्तावक रहेर समर्थन गरेका छन् । उम्मेदवारी दर्तापछि रविना थापाले आफूले छोटो कार्यकालमा धेरै राम्रो कामकाे सुरुवात गरेको बताउँदै एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाइ दिन चाहेको बताइन् । उनले काम गरेर देखाएकाले सबैको समर्थनमा आफू विजयी हुने दाबी गरिन् । विदेशमा बस्ने सबै नेपालीको अवस्था एउटै नभएको बताउँदै थापाले विदेशको श्रम बजारमा दुःख पाएका नेपाली, विद्यार्थीदेखि बलियो आर्थिक र सामाजिक हैसियत बनाएका नेपालीहरूको भावनाको प्रतिनिधित्व आफूले गर्नसक्ने बताइन् ।

वर्तमान उपमहासचिव विनय अधिकारीले एनआरएनएलाई चरम राजनीतिक हस्तक्षेपबाट जोगाउन आफूले अध्यक्ष पदको उम्मेदवारी छोडेर रविना थापालाई समर्थन गरेको बताए । आपसी विवाद र गुटबन्दीले संघको छवि धुमिलिएको बताउँदै अधिकारीले सहमति, सहकार्य र एकता नै अब को आवश्यकता औँल्याउँदै  त्यसका लागि रविना थापा एक मात्र विकल्प रहेको दाबी गरे । अर्का  प्रस्तावकमा विष्णु बानिया जापानमा रहेका छन् । यसैगरी समर्थकमा गगन गुरुङ, अमेरिका र सुरेश कोइराला अमेरिका रहेका छन् ।​ रविना हाल अध्यक्ष हुन् । उनले ६ महिना कार्यकारी अध्यक्ष रहँदा घुम्ती रक्तसञ्चार बस (मोबाइल ब्लड बस ) को सुरुवात भएको थियो । हाल २ प्रदेशमा हस्तान्तरणको चरणमा छ ।

यसैगरी पोखरामा स्मार्ट शौचालय निर्माण भएको थियो । सेन्सर जडित स्मार्ट शौचालय अपाङ्गमैत्री छ । छुट्टै स्तनपान कक्ष रहेको यस शौचालयमा महिलाका लागि सेनेटरी प्याड भ्यान्डिङ मेसिन जडान गरिएको छ । शौचालयको मलमुत्रबाट बायो ग्यास निकाल्ने गरी बायोडाइजेष्टर जडान गरिएको छ ।  अध्यक्ष थापाले केही दिनअघि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई उक्त स्मार्ट शौचालयको साँचो हस्तान्तरण गरेकी हुन् । यसैगरी उदयपुरको गाईघाटमा ४ वटा र कंचनपुरमा १ वटा सफा शौचालय हस्तान्तरण भएको छ ।विदेशमा रहेका नेपालीलाई नेपाली नागरिकताका लागि उनको नेतृत्वमा पहल भएको थियो । त्यतिबेला संसदमा प्रवेश पाएको विधेयक पारित भई हाल नेपाल सरकारले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधान राजपत्रमै प्रकाशित गरी लागू गरिसकेको छ ।

रविना कार्यकारी अध्यक्ष रहेकै बेला नेपाली खेलकुदको इतिहासमा पहिलो पटक पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिम सहभागी भई खेलाडीहरूले पदक समेत  जितेका थिए । यसैगरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीलाई  सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम पनि रविना कार्यकारी  नेतृत्वमा रहँदा भएको थियो ।यही असोज ३० गतेदेखि काठमाडौँमा सुरु हुने गैर आवासीय नेपाली संघको ११ औँ महाधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै छ । पहिलो पटक अनलाइन निर्वाचनको अभ्यास पनि एनआरएनएले गर्दैछ ।  महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू विभिन्न  देशबाट काठमाडौँ आइपुगेकाे छन् । विदेशमा रहेकाले अनलाइन भोटिङ गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...