कोशीका मुख्यमन्त्री केदार कार्कीलाई माओवादीले विश्वसको मत दिने



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वसको मत दिने भएको छ । केन्द्रीय गठबन्धन र नेपाली कांग्रेसको निर्णयविरुद्ध एमालेसँग सहकार्य गरेर कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादीले विश्वासको मत दिने भएको हो । केन्द्रको सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीका इन्द्र आङवोलाई बनाउने निर्णय गरेको थियो । निर्णयविरुद्व गएर केदार कार्कीले एमालेसङ मिलेर सरकारको नेतृत्व गरेका छन् । केन्द्रको निर्णय विरुद्व शेखर कोइराला समूहका कार्कीसहित ८ सांसदले विद्रोह गरेका थिए ।

नेकपा एमालेका ३९ र शेखर समूहका ८ सांसदको समर्थनमा शनिवार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम राना मगरलाई मन्त्री बनाइसकेका छन् । उनले बुधवार विश्वासको मत लिँदै छन् । सोमबार बसेको माओवादी केन्द्र प्रदेश समन्व्य समिति बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले केदार कार्कीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...