एमाले र कांग्रेसको शेखर समूहबीच केन्द्रसम्मै सहकार्य गर्ने सहमति, प्रचण्ड सरकार धरमरमा



 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच केन्द्रसम्म नै सहकार्य गर्ने सहमतिको खुलासा भएको छ । कोशी प्रदेशमा कोइराला पक्षका केदार कार्कीलाई मुख्यमन्त्रीमा एमालेको समर्थसँगै यस्तो सहमतिको खुलासा भएको हो । यो सहमतिसँगै झिनो बहुमतमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार धरमरमा परेको छ । यो सहमतिले कांग्रेसको नेतृत्वमा संघीय सरकार गठन हुने वातावरण बनेको छ भने एक बर्षका लागि प्रधानमन्त्री बन्ने भन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अपेक्षामा तुसारापात लाग्ने भएको छ । कांग्रेसको प्रधानमन्त्री बन्ने स्थितिमा संसदीय दलका नेता रहेका कारण शेरबहादुर देउवा नै अगाडि सारिने कोइरालाले बताइसकेका छन् । नयाँ किसिमको सहमति गरेर एमालेसँग सहकार्य गर्न सकिन्छ’, स्रोतले भन्यो,‘एमालेलाई मूलधारको राजनीतिबाट अलग राख्न नसकिने कसीका आधारमा नै सहमति बनेको हो ।

एमाले अध्यक्ष ओली र कांग्रेसका कोइरालाको रोहबरमा भएको सहमतिमा प्रदेशदेखि राष्ट्रिय सरकार निर्माणमा समेत मिलेर अघि बढ्ने प्रतिबद्धता जनाइएको सांसद सञ्जय गौतमले जानकारी दिएको सतहमा आएको छ । एमालेसँग लिखित सहमति छ, त्यसलाई हामी विखण्डित हुन दिँदैनौ,’ शेखर पक्षीय नेता गौतमलाई उदृत गर्दै कतिपय समाचार पोर्टले लेखेका छन्,‘हामीले एमालेलाई धेरै टाढा राखेर हुँदैन भन्ने निष्कर्षसहित सहकार्य गरेका हौँ । एमालेलाई धोका दिँदैनौं । उसैले हामीलाई कोशीको सत्तामा पु¥याएको हो । यहि सहमतिको सूचना पाएपछि सभापति देउवाले उपसभापतिदेखि महामन्त्रीसम्मको बैठक डाकेका छन् । कोइराला एक कदम अगाडि बढेको र अब के गर्ने भन्ने सन्दर्भमा बैठकमा कुराकानी हुने देउवानिकट नेता बताउँछन् । कोइरालाको कदमले सत्ता गठबन्धनमा नै फुट आउने निश्चित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवासँग चासो राखेको बताइन्छ । अब नेपालको राजनीतिमा फरक प्रकारको भुइँचालो जान सक्ने पनि अनुमान गरिएको छ । चाँडवाडको समयमा नै फरक परिदृश्यमा राजनीतिले मोड लिन थालेपछि कांग्रेसको कोइराला पक्षको भनिएका महामन्त्री गगन थापा पनि मौन देखिएका छन् ।
पदाधिकारी बैठकबाट मात्र कसरी अगाडि बढ्न सकिन्छ भन्ने यकिन हुन्छ, अहिले नै भन्ने स्थिति छैन’, देउवानिकट नेता भन्छन्,‘अहिले नै गठबन्धन भत्किने भन्ने निचोडमा पुग्न हतार हुन्छ । त्यसो त कांग्रेसभित्रको विवादले भुसको आगोको रुप लिएपछि मिलाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेल पनि सक्रिय भएका थिए, जसको तिव्र आलोचना भयो ।

प्रतिक्रिया दिनुहोस
विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन : संगठन विभाग सचिव ढुंगेल

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको नेतृत्वमा आउनसक्ने आँकलनसहित सार्वजनिक पछिल्ला विषयलाई लिएर

५ लाखसम्मको बचत फिर्ता गराउनेबारे समितिमा छलफल

    सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सहकारी मन्त्रालय, सहकारी

सहकारी ठगी प्रकरण : छलफलमा संसदीय छानबिन समिति

     सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक

मुगुको गमगडिमा प्रभु बैंकको ३०६ औ शाखा सञ्चालनमा

      प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति