चुनावमा विदेशबाट फोनका भरमा गलत शक्तिले भोट पाए : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा भएका लाखौं नेपालीले मतदान नगर्दा मतदान फर्जी हुन थालेको बताएका छन् । जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली संघ एनआरएनए सँग भेटघाट तथा अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गदै फोनका भरमा गलत शक्तिले भोट पाएको बताए । उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन्, उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फियर इलेक्सन हुने नेपालमा ।

विदेशमा भएको लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने भयो । उहाँबाट फोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँ चाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा देखा पर्‍यो । देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य मान्यता, भन्दा पनि भनसुनको आधारमा चल्ने हुन थालेको बताए । वस्तुगत र वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीति अन्तर्गत प्रवासीहरूलाई पनि मतदानको अधिकार दिनुपर्छ भनेर निर्वाचन आयोगलाई पनि निर्देशन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...