मधेश प्रदेशसभा बैठक एमालेले गर्यो अवरुद्ध



हाम्रो इकोनोमि

 

 

 

मधेश प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । सरकारले मनोमानी गरेको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेको आरोप लगाए । उनले भने, ‘सबै दलका नेतालाई राखेर मुख्यमन्त्रीले सहमति गर्नुभएको थियो । १५ दिनको समय मागेको थियो । तर, महिनौं बित्दा पनि चासो नदिएर आफ्नो कामकारबाही अगाडि बढाउनु भएको छ ‌। त्यसैले हामीलाई जवाफ चाहियो । उठेर विरोध गरिरहेका एमाले सांसदहरुलाई बस्न सभामुख मण्डलले पटक पटक आग्रह गरेका थिए । तर, उनीहरु मुख्यमन्त्री वा सरकारबाट जवाफ नआएसम्म बैठक अवरुद्ध गर्ने भनेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...