तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा सरकार पुग्यो : पौडेल



हाम्रो इकोनोमि

 

 

​नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको बताएका छन् । उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणीसमेत गरेका छन् ।

आइतबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा उनले मुलुकमा संकटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित रहेको आरोप लगाए । ‘मुलुकको अर्थतन्त्रको अपरेसन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, मेजर अपरेसन गर्नपर्नेछ, सिटामोल छैन, अनि चल्छ, अर्थतन्त्रको बेथितिलाई यो सरकारले अझै बढाएको छ, नेपाल कालोधनको केन्द्र बन्दैछ, राजस्वबाट साधारण खर्च चल्न सकेको छैन । आन्तरिक ऋण बढ्दैछ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ’ पौडेलले भने ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदैछ भनेर गलत बोलिरहेको उनको दाबी छ । अन्तर्राष्ट्रिय सहयोग तल झरेको छ । पूँजी पलयान भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सृजना हुँदा पनि सरकार मुकदर्शक बनेको छ’, पौडेलले थपे । नेपाल तस्करी केन्द्रका रूपमा परिचित भएको भन्दै उनले क्विन्टल सुन प्रकणमा सरकारले उच्चस्तरीय संसदीय समिति बनाउन आनाकानी गरेपनि एमालेको निरन्तर दबाबले गठन भएको बताए । नेता पौडेलले कोशीमा पटकपटक गठबन्धन दलबाट कीर्ते भएको सबै प्रमाणले प्रष्ट पारेको बताए । ‘एमालेका नेता हिक्मत कार्कीले निकास दिन मुख्यमन्त्रीबाट राजीनामा दिनुभयो । तर, सबै कीर्ते गरेर थाकेका गठबन्धन दलहरु बाध्य भएर अहिलेको सरकारलाई साथ दिन्छौं भन्न थाले’, उनले भने । विद्रोही कांग्रेसको टोलीले राम्रो काम गर्दासम्म एमालेको साथ पाउने उनले प्रष्टयाए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...