कोशीमा मुख्यमन्त्रीसँगै एमाले र कांग्रेसका एक-एकजना मन्त्रीको शपथ



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शपथ लिएका छन् । उनलाईं प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराए । सुरूमा एमालेबाट २ जना र कांग्रेसबाट १ जनालाई मन्त्री नियुक्त गर्ने तयारी थियो । तर, केदार कार्कीलाई साथ दिएका सांसदमध्येबाट २ जनालाई बनाउनुपर्ने भएपछि आज मुख्यमन्त्रीसहित दुवै पक्षबाट १. १ जनाको मात्र शपथ गराइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीबीचको छलफलमा एमालेबाट २ जना मन्त्रीको शपथ गराउने तयारी थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की डा। शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना मन्त्री बनाउने तयारीमा थिए । एमालेबाट राम राना र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको भए पनि रानालाई मात्रै शपथ गराइएको छ । कांग्रेसबाट शम्सेर राई मन्त्री नियुक्त भएका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...