कोशीमा मुख्यमन्त्रीसँगै एमाले र विद्रोही कांग्रेसका मन्त्रीले शपथ लिने



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएर आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कार्कीलाई पद तथा गोपनीयताको शपथका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई दिउँसो २ बजे समय दिएका छन् । कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज काङ्ग्रेसबाट विद्रोह गरेका १ जना र एमालेबाट १ जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेसबाट विद्रोह गरेका सांसदमध्ये इलामका शमशेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री बन्ने सम्भावना रहेको छ ।

हिजो एमालेसँग भएको छलफलमा १- १ जना मन्त्री बनाउने सहमति भएको थियो । छलफल पछि कार्की काठमाडौं गएकाले थप छलफल हुन सकेको छैन । काठमाडौँबाट फर्किएपछि थप छलफल हुने एमालेले जनाएको छ । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...