कोशीमा मुख्यमन्त्रीसँगै एमाले र विद्रोही कांग्रेसका मन्त्रीले शपथ लिने



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएर आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कार्कीलाई पद तथा गोपनीयताको शपथका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई दिउँसो २ बजे समय दिएका छन् । कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज काङ्ग्रेसबाट विद्रोह गरेका १ जना र एमालेबाट १ जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेसबाट विद्रोह गरेका सांसदमध्ये इलामका शमशेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री बन्ने सम्भावना रहेको छ ।

हिजो एमालेसँग भएको छलफलमा १- १ जना मन्त्री बनाउने सहमति भएको थियो । छलफल पछि कार्की काठमाडौं गएकाले थप छलफल हुन सकेको छैन । काठमाडौँबाट फर्किएपछि थप छलफल हुने एमालेले जनाएको छ । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...