बोल्ड डिसिजन नलिए झन् अप्ठ्यारो परिस्थिति आउन सक्छ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक भएको बताएका छन् । राष्ट्रिय आर्थिक बहस ‘सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै अहिले पनि अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए । उनले भने, ‘अर्थतन्त्र पक्कै पनि गम्भीर अवस्थामा छ । अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने हामी झन् अप्ठ्यारो परिस्थितितिर जान सक्ने खतरा छ । यसका आन्तरिक आयाम छन् । यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम पनि छन् । तर, निर्णायक चाहिँ हामी आफैँ हो । नेपाललाई कता र कसरी लैजाने भन्ने कुरामा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । आजको दुनियाँमा बाह्य कारण पक्कै हुन्छ । निर्णायक हामी आफैँ हो । उनले नेपालको हालत पनि श्रीलंकाजस्तो हुन्छ भन्ने भ्रम फैलाएको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...