अर्थतन्त्र सुधार तत्काल सम्भव छैन : चन्द्र ढकाल



हाम्रो इकोनोमि

 

 

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सानोतिनो परिवर्तनले अर्थतन्त्रको सुधार सम्भव नभएको बताएका छन् । महासंघद्वारा आयोजित राष्ट्रिय आर्थिक बहसमा उनले शेयर बजार लक्षित केन्द्रीय बैंकको नीतिलगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको उल्लेख गरे ।

हामीले समयमा सही नीति लिन सकेनौं । अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन’, ढकालको भनाइ थियो । नेपालको वर्तमान अर्थतन्त्र संवेदनशील मोडमा रहेको बताउँदै उनले केही आँकडासमेत प्रस्तुत गरेका छन् । बैंक वित्तीय संस्थाहरूसँग करिब ५ खर्ब रूपैयाँ लगानी गर्न सक्ने रकम छ । आपूर्ति अधिक हुँदा व्याज घटेर उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरे ।

‘रेमिट्यान्स हालसम्मकै उच्च अर्थात् महिनामै १ खर्ब १६ अर्ब रूपैया भित्रिएको छ । यसले न बजारमा माग बढाएको छ न औपचारिक रुपमा आयात नै उच्च भएको छ । यी र यस्ता विरोधाभाषपूर्ण तथ्यांक अहिलेको अर्थतन्त्रमा देखिएको छ’, ढकालले भने । अध्यक्ष ढकालले लगानी, उत्पादन, रोजगारी, राजश्व र वृद्धिको मुख्य स्रोत निजी क्षेत्र भएपनि मौद्रिक नीतिले यो क्षेत्रलाई निराश बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...